अमेरिका र नेपालमा निर्मित मेरो डान्स र भ्वाईस कप युएसए २ उपाधि विजेता घोषित

अमेरिका र नेपालमा निर्मित मेरो डान्स र भ्वाईस कप युएसए २ उपाधि विजेता घोषित



इन्ट्रा-नेसनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा भएको ‘मेरो डान्स कप यूएसए ४ र मेरो भ्वाइस कप यूएसए २’को फाइनल सम्पन्न भएको छ ।

उत्कृष्ट १२ सम्म अमेरिकामा नै छनोट गरेर त्यसपछि सेमिफाइनलसम्मको प्रतिस्पर्धा नेपालमा आयोजना भएको थियो । काठमाडौंमा सेमिफाइनल सकेर दुवै रियालिटी शोको युनिट अमेरिका फर्किएको थियो ।

कोलम्बस सहरमा आयोजना भएको फाइनलमा ‘मेरो डान्स कप यूएसए’को उपाधि रेनुका राईले जितेकी छन् । उनले ताजसँगै १० हजार डलरसहित टोयोटा गाडी पनि जितिन् ।

‘मेरो भ्वाइस कप’को उपाधि प्रवीण बर्देवाले जितेका छन् । उनले पनि १० हजार डलर पुरस्कार र टोयटाको गाडी प्राप्त गरेका छन् ।
‘मेरो डान्स कप’को फस्ट रनरअप आयुषा समाल हुन सफल भएकी छन् भने सेकेन्ड रनरअप सुमिका तामाङले जितेकी छन् । ‘मेरो भ्वाइस कप’ तर्फ भने फस्ट रनरअप करण तामाङ बनेका छन् भने सेकेन्ड रनरअपको उपाधि शीतल शर्माले जितेकी छन् ।

‘मेरो भ्वाइस कप’का विजेतालाई इन्ट्रा(फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले पुरस्कार प्रदान गरेका थिए । यस्तै ‘मेरो डान्स कप’का विजेतालाई नेपाल विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले पुरस्कार प्रदान गरे ।

दर्शकको भोटिङका आधारमा विजेता छनोट गरिएको हो । फाइनल प्रतियोगितामा दर्शकको बाक्लो भीड थियो । संगीतकार शम्भुजीत बास्कोटा, गायकहरु नरेन्द्र प्यासी, शिव परियार, जगदीश समाल, मनोजराज सिवाकोटी, सुजाता बर्मा, अर्जुन रसाइली र केशव पौडेलले आफ्नो प्रस्तुति दिएका थिए । कलाकारहरु साराङ्गा श्रेष्ठ, दिलीप रायमाझी र केकी अधिकारीले नृत्य प्रस्तुत गरेका थिए ।

अमेरिका र क्यानडामा बसोबास गर्दै आएका नेपालीभाषीले प्रतिस्पर्धा गरेका थिए । इन्ट्रा–फाउन्डेसनले आगामी वर्षदेखि ‘मेरो डान्स युनिभर्स र मेरो भ्वाइस युनिभर्स’को आयोजना गर्दैछ ।