नेपाली कार्यक्रममा सहभागी हुन सिड्नी आइपुगे बलिउड स्टार गोविन्दा

नेपाली कार्यक्रममा सहभागी हुन सिड्नी आइपुगे बलिउड स्टार गोविन्दा



सिड्नी, अष्ट्रेलिया ।

अष्ट्रेलियाको सिड्नीमा आयोजना हुन लागेको डान्स विथ गोविन्दा कार्यक्रममा सहभागी हुनका लागि गोविन्दा आफ्नी पत्नीका साथ सिड्नी आइपुगेका छन् । बलिउडमा ९० को दशकका सुपरस्टार गोविन्दा मुख्यत नाचका लागि नै प्रख्यात थिए । उनको छुट्टै स्ट्याईलको डान्समा मानिसहरु हाँस्थे अनि सँगै नाच्न पनि लालायित हुन्थे । उनै गोविन्दालाई यहाँ ल्याएको हो लाहुरी टेलिभिजनले । लाहुरी टेलिभिजनले शुक्रबार स्थानीय मराना अडिटोरियममा यो कार्यक्रम राखेको छ ।

बलिउडका स्टारलाई समावेश गरेर कुनैपनि नेपाली कम्पनीले आयोजना गरेको यो पहिलो कार्यक्रम हो । टेलिभिजनका निर्देशक जीवन डिसीले कार्यक्रम नेपाली लक्षित मात्र नभई सम्पूर्ण दक्षिण एशियालीहरु जसले बलिउडका चलचित्रहरु हेर्छन् उनीहरुका लागि आयोजना गरिएको जानकारी दिए । उनले मंगलबार विमानस्थलमा मुख्य प्रायोजकसहित नेपालीमूलका व्यवसायीहरुको सहभागितामा गोविन्दालाई स्वागत गरिएको पनि जानकारी दिएका छन् ।
कार्यक्रमको तयारी पूरा भइसकेको र आगामी शुक्रबार सबैलाई हस्र्टभिलस्थित मराना अडिटोरियममा आउन उनले अनुरोध गरेका छन् ।
विमानस्थलमा कुरा गर्दै गोविन्दाले आफु कार्यक्रमलाई लिएर निकै उत्साही रहेको प्रतिक्रिया दिएका छन् ।