एनटिएसए फुटसल च्याम्पियनसिप २०२२, एकै व्यक्तिले हाने ९ गोल

एनटिएसए फुटसल च्याम्पियनसिप २०२२, एकै व्यक्तिले हाने ९ गोल


होबार्ट, तास्मानिया ।

अष्ट्रेलियाको टापु राज्य तास्मानियामा नेप्लीज तास्मानिया स्पोर्ट्स एसोसिएसनले आयोजना गरेको एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को उपाधि पोखरा ११ टिमले जितेको छ । शनिबार आयोजना गरिएको प्रतियोगितामा सहभागी ११ टिम सहभागी थिए । फाईनलमा पोखरा एघार र तिलिचो फुटबल क्लबले प्रतिस्पर्धा गरेका थिए ।

उक्त रोचक प्रतिस्पर्धामा बलियो प्रस्तुति दिंदै पोखरा एघारले बाजी मारेको हो । यस पटकको फुटसल प्रतियोगितामा प्रवेश आले उत्कृष्ट खेलाडी, अत्यधिक गोलकर्ता घन कोइराला, उत्कृष्ट किपर कुमार थापा र फेयर प्ले टिम तासी डेभिल बन्न सफल भयो । कोइरालाले प्रतियोगिताभर ९ गोल गर्ने सफलता प्राप्त गरेका थिए । फुटसल प्रतियोगितामा महिला टिमको प्रतिस्पर्धा र कर्पोरेट तथा सामाजिक संस्थाबीचको प्रतिस्पर्धा समेत रोचक बनेको आयोजक संस्थाका अध्यक्ष विष्णु सापकोटाले जानकारी दिए ।

आयोजक संस्था एनटिएसएले खेल मार्फत समुदायको एकता तथा समृद्धिमा सहयोग पुर्याउने उद्देश्यले आयोजित प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने खेलाडी, प्रायोजक संस्था, सामुदायिक संस्था, स्वयंसेवक लगायत सम्पूर्णप्रति आभार व्यक्त गरेको छ।

मूख्य प्रायोजक संस्था ग्लोबल मार्क एजुकेशन एण्ड भिसा सर्भिसेजका निर्देशक अरुण चित्रकारले प्रतियोगिता खेल भावना अनुसार सञ्चालन भएकोमा खुशी व्यक्त गरे । उनले युवा तथा समुदायको हितमा आफुहरुको साथ रहने प्रतिबद्धता जनाए ।
आयोजक संस्था एनटिएसएका सचिव सुरज श्रेष्ठले मुख्य प्रायोजक संस्था ग्लोबल मार्क एजुकेशन एण्ड भिजा सर्भिसेजप्रति विशेष आभार व्यक्त गर्नुभयो। उहाँले गोल्ड स्पोन्सर द चोक र यस स्टडी वर्ल्ड, सिल्भर स्पोन्सर मुनलाइट मुनलाइन सुपरमार्केट, अवार्ड स्पोन्सर माभेन कन्सल्टिंग ग्रुपलाई धन्यवाद दिंदै सबैको साथ र सहयोगले नै प्रतियोगिता आयोजनाका लागि सहज भएको जनाए ।
प्रतियोगिताका विजयी टिमलाई १ हजार डलर र उपविजेता टिमलाई ५ सय डलर नगद पुरस्कार प्रदान गरिएको एनटिएसएले जनाएको छ। त्यसैगरी, फेयर प्ले टिम, टप स्कोरर, उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलकिपरलाई १००र१०० डलर नगद पुरस्कार प्रदान गरिएको थियो ।