तास्मानियामा ‘एनटीएसए फुटसल कप २०२२’ हुँदै, विजेतालाई हजार डलर पुरस्कार !

तास्मानियामा ‘एनटीएसए फुटसल कप २०२२’ हुँदै, विजेतालाई हजार डलर पुरस्कार !



होबार्ट, तास्मानिया ।

तास्मानियाको होबार्टमा आगामी शनिबार २८ मे का दिन नेप्लीज तास्मानियन स्पोर्टस एशोसिएसनकोआयोजनामा महिला एवं पुरुष फुटसल प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको आयोजनाबारे जानकारी दिने उद्देश्यले आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोजक संस्थाका अध्यक्ष विष्णु सापकोटाले प्रतियोगिताको विषयमा जानकारी गराएका थिए ।

सापकोटाका अनुसार यस पटकको प्रतियोगितालाई ग्लोबल एजुकेशन एण्ड भिसा सर्भिसेजले मुख्य प्रायोजन गरेको छ भने यश स्टडी र दि चोकले गोल्ड स्पोन्सरको रुपमा उपस्थिति जनाएका छन् । केविसीखबरसँग कुरा गर्दै मुख्य प्रायोजक ग्लोबल मार्कका निर्देशक अरुण चित्रकारले समूदायले गर्ने कार्यक्रममा सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे ।

प्रतियोगितामा महिलाहरुको छुट्टै स्पर्धा हुनेछ भने कर्पोरेट टिमहरु र सामाजिक संघसंस्थाहरुबीच पनि प्रतिस्पर्धा गराइनेछ ।
फुटसल प्रतियोगितामा प्रथम हुनेले पदक प्रमाणपत्र सहित एक हजार डलर पुरस्कार प्राप्त गर्नेछ ।

यस्तै दोश्रो हुनेछले ५ सय डलर र फेयर प्ले, टप स्कोरर बेष्ट प्लेयर र बेष्ट गोलपिरले पनि एक एक सय डलर पुरस्कार पाउनेछन् । प्रतियोगितामा कूल ११ टिमको सहभागिता रहनेछ । महिलातर्फ २ वटा टिम प्रतिस्पर्धामा हुनेछन् ।