८२ दशमलब २ प्रतिशत अष्ट्रेलियनले लगाए कोरोना विरुद्धको खोप

८२ दशमलब २ प्रतिशत अष्ट्रेलियनले लगाए कोरोना विरुद्धको खोप


मेलबर्न, अष्ट्रेलिया ।

अष्ट्रेलियाको कूल जनसंख्याको ८२ दशमलब २ प्रतिशतले पहिलो डोज कोरोना विरुद्धको खोप लगाएका छन् । दुबै डोज खोप लगाउने अष्ट्रेलियनको संख्या ६१ दशमलब ९ पुगेको छ । न्यूसाउथवेल्समा फ्रिडम डे को अवस्थामा यो तथ्यांक सार्वजनिक भएको छ ।

प्रिमियर डोमेनिक पेरोटेले अब बन्दको अवस्थामा रहन नसकिने र कोभिड १९ सँगै बाँच्न अभ्यस्त हुनुपर्ने बताएका हुन् । आजबाट न्यूसाउथवेल्समा घरमा १० जनासम्म पाहुना बोलाउन सकिने नियम लागू भएपछि दशैं मान्न लागेका नेपालीहरुलाई राहत भएको छ भने अधिकांश व्यक्तिहरु महिनौंको लकडाउनेले बढेको कपाल काट्न शैलुनहरुमा देखिएका छन् ।

भिक्टोरियामा गएको २४ घण्टामा ८ जनाको ज्यान गएको छ भने १६ सय १२ नयाँ कोरोना संक्रमित देखिएका छन् । आजबाट भिक्टोरियाका १२ वर्षभन्दा माथिका सबैजनाले फाईजर खोप लगाउनसक्ने नियम लागू गरिएको छ । यता न्यूसाउथवेल्समा भने २ जना अन्तर्राष्ट्रिय यात्रीसहित ४ सय ९६ नयाँ संक्रमित फेला परेका छन् ।

क्वीन्सल्याण्डमा नयाँ संक्रमित छैनन् भने क्यानबेरामा ३२ जना थपिएका छन् । क्यानबेरामा दुबै डोज खोप लगाउनेहरुको संख्या ७० प्रतिशत पुगेको छ । नर्दन टेरेटोरीमा नयाँ संक्रमित छैनन् भने वेष्टर्न अष्ट्रेलिया पनि यही अवस्थामा छ ।