मेलबर्नमा खुल्यो म्याक्सीम्याक्स एजुकेशन एण्ड माईग्रेसन 

मेलबर्नमा खुल्यो म्याक्सीम्याक्स एजुकेशन एण्ड माईग्रेसन 


मेलबर्न, अष्ट्रेलिया । 

मेट्स एजुकेशन एण्ड कन्सल्टेन्सी मेलबर्न अबदेखि म्याक्सीम्याक्स एजुकेशन एण्ड माईग्रेसनको रुपमा सञ्चालनमा आएको छ । शुक्रबार फ्लीन्डर्स स्ट्रीटमा रहेको कार्यालयमा एक विशेष कार्यक्रमको आयोजना गर्दै संस्थाले आफ्नो नयाँ लोगोसहित प्रतिबद्धता सार्वजनिक गरेको हो । 

उक्त कार्यक्रममा अतिथिको रुपमा मेलबर्नको नेपाली समूदायका नेताहरु उपस्थित थिए । कार्यक्रममा बोल्दै म्याक्सीम्याक्स एजुकेशन एण्ड माईग्रेसनका निर्देशक शंकर धरेलले व्यवसायिक सेवा दिने र समूदायसँगै सदैव हातेमालो गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए । मेलबर्नमा केन्द्रीय कार्यालय रहने म्याक्सीम्याक्सले छिट्टै नै नेपालको ललितपुरस्थित कुमारीपाटीमा शाखा समेत सञ्चालन गर्ने तयारी गरेको छ । 

कार्यक्रममा सहभागी हुन मेट्स ईन्टरनेशनलका निर्देशक बद्री जैसी, क्वीन्सफोर्ड कलेजका सञ्चालक सन्तोष पाण्डे पनि अतिथिको रुपमा उपस्थित थिए । 

कार्यक्रममा एनआरएन आईसीसीका उपाध्यक्ष दुर्गा आचार्य, नेप्लीज एशोसिएसन भिक्टोरियाका अध्यक्ष राम गुरुंग, एजुकेशन कन्सल्टेन्सी एलायन्सका उपाध्यक्ष रामचन्द्र पौडेल, एनआरएन भिक्टोरियाका संयोजक हरि खड्का, सुदूरपश्चिम समाज भिक्टोरियाका अध्यक्ष महादेव धानुक, फेडरेसन अफ नेप्लीज युथ अन्टप्रेनर्सका अध्यक्ष दिक्पालदेव पंगेनी, सिड्नी मेट्रो कलेजका तारा गैरे, चितवन समाज भिक्टोरियाका उपाध्यक्ष विपुल ज्ञवाली, अष्ट्रेलियन नेप्लीज मल्टिकल्चरल सेन्टरका अध्यक्ष राजेश आचार्य, फार वेष्टर्न हन्टर्स क्रिकेट टिमका संयोजक आदेश साह लगायतले शुभकामना दिएका थिए । 

हाल म्याक्सीम्याक्सले नेपालीसहित फिलिपिन्स, म्यानमार लगायतका देशमा आफ्नो सेवा प्रदान गर्दै आएको छ । उक्त अवसरमा बोल्दै म्याक्सीम्याक्सका अपरेसन म्यानेजर विवेक श्रेष्ठले उपस्थित सबैलाई धन्यवाद दिएका थिए । कार्यक्रमको सञ्चालन ध्रुव अधिकारीले गरेका थिए ।