तास्मानियाको मुनलाईट क्रिकेट क्लबको नयाँ जर्सी सार्वजनिक

तास्मानियाको मुनलाईट क्रिकेट क्लबको नयाँ जर्सी सार्वजनिक


होबार्ट, अष्ट्रेलिया ।

अष्ट्रेलियाको तास्मानियामा खोलिएको मुनलाइट क्रिकेट क्लबले नयाँ सिजनको लागि आफ्नो जर्सी सार्वजनिक गरेको छ । क्लबको जर्सि सार्वजनिक कार्यक्रममा नेपाली सोसाईटी अफ तास्मनियाका अध्यक्ष खगेन्द्र सत्याल, गैर आवसीय नेपाली संघ ९एनआरएनए० तास्मनियाका संयोजक राकेश शाक्य, क्लबलाई प्रायोजन गर्ने नेपाल मुनलाईट एण्ड इन्डियन ग्रुपका सञ्चालक तोयाराज भट्टराई, प्रायोजकमध्ये एक एपीबी पार्टनर्स होवर्टका सञ्चालक प्रकाश भण्डारी, ताजा फ्रूट होवर्टका संचालक जीवन बस्याललगायत खेलाडीहरुको उपस्थिति रहेको थियो।

क्लबलाई यश स्टडी वल्र्ड होवर्टले पनि प्रायोजन गरेको छ । कार्यक्रममा बोल्दै नेपाली सोसाईटी अफ तास्मनियाका अध्यक्ष सत्यालले यस्ता खालका क्लबले आपसी भाइचार बढाउनुका साथै मानसिक स्वास्थ्यमा पनि सहयोग हुने बताए । उक्त कार्यक्रममा बोल्दै एनआरएनए तास्मनियाका संयोजक राकेस शाक्यले एनआरएनएले खेलकुदलाई प्राथामिकतामा राखेर अघि बढेको भन्दै खेलकुदका गतिविधि बढ्दै जाँदा खुशी लागेको बताएका थिए ।

मुनलाईटका संचालक तोयाराज भट्टराईले सामाजिक दायित्व बोध गर्दा यो क्लबलाई सहयोग गर्न पाउँदा आफुलाई खुसी लागेको बताए । यस्तै कार्यक्रममा बोल्दै एपीबीका संचालक प्रकाश भण्डारीले क्लबको उत्तर उत्तर प्रगतिको कामना व्यक्त गरे भने ताजा फुडका संचालक जीवन बस्यालले आफुलाई पनि यस क्लबमा जोडेकोमा क्लबलाई धन्यबाद दिए ।

उक्त कार्यक्रममा क्लबका क्याप्टेन चन्द्र थापाले खेलाडीलाई उच्च मनोबल बनाएर खेल्न आग्रह गदै यस क्लबलाई सहयोग गर्ने सबैलाई धन्यबाद दिएका थिए । कार्यक्रममा तिलिचो एफसी क्लबका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो । पछिल्लो समय तास्मनियमा क्रिकेट प्रतिको आकर्षण बढ्दै गएको छ । यस क्लबले आगामी दिनमा स्थानीय स्तरमा हुने लिगमा सहभागीता जनाउने छ ।