पहिलो भन्दा दोस्रो कार्यकाल चुनौतिपूर्ण देखेको छु : सञ्चारमन्त्री शर्मा

पहिलो भन्दा दोस्रो कार्यकाल चुनौतिपूर्ण देखेको छु : सञ्चारमन्त्री शर्मा


काठमाडौं ।

नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले लिएका लक्ष्य निर्धारित समयमा पूरा गर्न कठोर परिश्रमको आवश्यक्ता रहेको उल्लेख गरेकी छिन्। उनले सेवा प्रवाह र जिम्मेवारी पूरागर्ने हिसावले दोस्रो कार्यकालमा प्रधानमन्त्री पुष्पकमल दाहालको अपेक्षा अनुसार आफूखरो उत्रिनुपर्ने चुनौति रहेको बताएकी छन्।

बुधबार सिंहदरबारमा आफ्नो दोस्रो कार्यकालको पदभार ग्रहण गर्दै उनले पहिलो कार्यकालमा मन्त्रालयमातहतका निकाय र कर्मचारीले गरेको सहयोगको प्रशंसा गरिन। उनले पहिलो कार्यकालमा धेरै काम गरिसकेको र यो कार्यकालमा पहिलाका कानूनी कामकारबाहीलाई निरन्तरता दिएर पूरा गर्नुपर्नेमा जोड दिइन्।

‘पहिलो कार्यकालमा हामीले यहाँका समस्या उत्खनन् गरेका छौं। अब हामीले पुर्ननिर्माण गर्नुपर्ने समय छ हिजोसम्मका जतिपनि कानूनी कुराहरु हामीले अगाडि बढाएका छौं, यहाँ देखिएका र देखिन सकिने अनियमितताका विषयहरुमा आवश्यक छानबिन गरेर एउटा धारण स्पष्ट पारेका छौं। सबैकुराको समाधान गर्नेगरी कसरी अगाडी जाने भन्ने विषयमा बढी ध्यान केन्द्रीत गरेर काम गर्नुपर्छ’ मन्त्री शर्माले भनिन्।

शर्मालेआफूलाई प्रधानमन्त्री दाहालले विश्वास गरेर पुनःसोहि मन्त्रालयमा दोस्रो पटक पठाएकाले दबाब महशुस गरेको भन्दै जिम्मेवारी पूरा गर्ने क्रममा दाहालको विश्वासमा खरो उत्रिनुपर्ने दबाब महशुस गरेको धारणा राखिन्।

उनले भनिन्, ‘हामी कसैलाई पनि छुट छैन्। अघिल्लो कार्यकाल भन्दा मैले अहिले च्यालेन्ज महशुस गरेको छु।जिम्मेवारी पूरा गर्नबाट कोही कसैले छुट पाउँदैन, प्रधानमन्त्रीले विश्वास गरेर जिम्मेवारी दिनुभएको छ, यसलाई सबै मिलेर पूरा गर्नुपर्छ।’

सञ्चार मन्त्रालयमा दोहोरिएकी भन्त्री शर्माले नेपालमा अन्तर्राष्ट्रिय इन्टरनेट व्याण्डविथको आयात तथा वितरणको अवस्था, नेपालमा व्याण्डविथ प्लेटफर्मको सम्भावना र सान्दर्भिकताको अध्ययन गरी एक महिनाभित्र प्रतिवेदन बुझाउने गरी पहिलो निर्णय गर्दै पदभार ग्रहण गरेकी थिइन्।