त्रिशूलीमा बस खस्यो : ५ को मृत्यु, ३७ घाइते, बेपत्ताको खोजी जारी

त्रिशूलीमा बस खस्यो : ५ को मृत्यु, ३७ घाइते, बेपत्ताको खोजी जारी


काठमाडौं ।

कपिलवस्तुबाट काठमाडौँ आउँदै गरेको रात्री बस बुधबार बिहान त्रिशूलीमा खसेको छ।

दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ भने चालकसहित ३७ जना घाइते छन्। बसमा ५१ जना यात्रु रहेको भन्ने विवरणका अनुसार अन्य ९जनाको खोजी कार्य भइरहेको धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिए।

उनका अनुसार मृतकहरुको पहिचान खुलेको छ। चालक पनि घाइते छन्। बिहान करिब पौने पाँच बजे पृथ्वी राजमार्गस्थित धादिङको गजुरी गाउँपालिका५ घाटबेशीमा गति अनियन्त्रित भई बस त्रिशूलीमा खसेको थियो।

अहिले सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले घाइते र मृतकहरुको उद्धार गरिरहेको छ।