आज पनि बढ्यो अष्ट्रेलियन डलरको भाउ, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

आज पनि बढ्यो अष्ट्रेलियन डलरको भाउ, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर


काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज अस्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ४८ पैसा रहेको छ भने बिक्री दर ८६ रुपैयाँ ८७ पैसा रहेको छ। शुक्रबारको तुलनामा आज अस्ट्रेलियन डलर ३३ पैसाले बढेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५३ पैसा र बिक्री दर १३३ रुपैयाँ १३ पैसा कायम भएको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ७७ पैसा र बिक्री दर १४३ रुपैयाँ ४२ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ८९ पैसा र बिक्री दर १६७ रुपैयाँ ६४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३४ पैसा र बिक्री दर ३६ रुपैयाँ ५१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।