अर्थमन्त्रीले घटाए दुई खर्ब बजेट

अर्थमन्त्रीले घटाए दुई खर्ब बजेट


काठमाडौं ।

सरकारले चालु आर्थिक वर्षको बजेटको आकार घटाएर १५ खर्ब ३० अर्ब रुपैयाँमा झारेको छ। अर्थमन्त्री प्रकाशशरण महतले सोमबार अर्धवार्षिक समीक्षामार्फत कुल बजेटको १२.६२ प्रतिशत (२ खर्ब २० अब रुपैयाँ)घटाएका हुन्।

लक्ष्यअनुरुप आम्दानी हुने अवस्था नदेखिएकाले बजेटको आकार घटाइएको उनले जानकारी दिएका छन्। कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले पुँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड विनियोजन गरिएकोमा ८४.१३ प्रतिशत मात्रै खर्च हुने बताए।

चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड विनियोजन भएकोमा ८८.२४ प्रतिशत मात्रै खर्च हुने संशोधित अनुमान रहेको उनको भनाइ छ।