मृत भेटिए मैनाली

मृत भेटिए मैनाली


काठमाडौं ।

फेसबुकमा संवेदनशील स्टाटस लेखेर गायव बनेका अर्जुन प्रसाद मैनाली मृत फेला परेका छन्। दुई सय पटकभन्दा बढी रक्तदान गरेर चर्चामा आएका मैनालीले अमेरिकामा आत्मदाह गरेका छन्। अमेरिकाको नर्थ क्यारोलिनास्थित लट्टा नेचर प्रिजर्भस्थित पार्कमा उनको शव फेला परेको छ।

प्रहरीले प्रारम्भीक अनुसन्धानबाट उनले आत्महत्या गरेको जनाएको छ। उनको शरिर पूर्ण रुपमा जलेको अवस्थामा शव भेटिएको हो। उनले कारभित्र आगा लगाएर आत्महत्या गरेको अनुमान गरिएको छ।

मैनालीको शव अहिले नर्थ क्यारोलिना प्रहरीको प्यारामेडिकल टिमले अनुसन्धानका लागि लिएको बताइएको छ। मैनालीले आज एक स्टाटस राखेर सम्पर्कविहीन भएका थिए। उनले स्टाटसमा ‘म परलोक जाँदैछु’ लेखेका थिए।

मैनालीले पारिवारीक झैझगडाका कारण आफूले अग्नीदाह गर्न लागेको पनि स्टाटसमा उल्लेख गरेका थिए। मैनाली अमेरिकाको नर्थ क्यारोलिनामा परिवारका साथ बस्दै आएका थिए।

विभिन्न देशमा पुगेर २०६ औं पटक भन्दा बढी रक्तदान गरिसकेका मैनाली अमेरिकामा नेपाली समुदायमाझ लोकप्रिय थिए। मैनालीले ६ वटा महादेशका २० देशमा पुगेर रक्तदान गरेका थिए।

सन् २००० मा अमेरिकन एसोसिएसन अफ ब्लड बैंकको वार्षिक सम्मेलनको निमन्त्रणामा अमेरिकाको वासिङ्टन डिसी पुगेका उनी त्यसपछिदेखि अमेरिकामै बस्दै आएका थिए।

यो पनि…