‘म परलोक जाँदैछु’ स्टाटस लेखेर हराएका मैनालीको खोजी जारी

‘म परलोक जाँदैछु’ स्टाटस लेखेर हराएका मैनालीको खोजी जारी


काठमाडौं । अमेरिकामा रक्तदान गरेर चर्चा कमाएका अर्जुन मैनाली फेसबुकमा संवेदनशील स्टाटस राखेर सम्पर्कविहीन भएका छन् । उनले लामो स्टाटसमा ‘म परलोक जाँदैछु’ लेखेका थिए।

मैनाली सम्पर्कविहीन भएको उनका आफन्त र निकटका साथीहरुले जनाएका छन्। उनले फेसबुकमा स्टाटस राखेर लगत्तै उनको खोजी कार्य शुरु भएको थियो।

तर केही निकटहरुका अनुसार उनी बसेको नर्थक्यारोलीबाट केही माईल टाढा उनको गाडी भेटिएको बताएका छन्। प्रहरीको निगरानीमा रहेको उक्त स्थानबाट थप जानकारीहरु प्राप्त भइसकेको छैन्।

मैनालीले पारिवारीक झैझगडाका कारण आफूले अग्नीदाह गर्न लागेको पनि स्टाटसमा उल्लेख गरेका छन्। मैनाली अमेरिकाको नर्थ क्यारोलिनामा परिवारका साथ बस्दै आएका थिए।

विभिन्न देशमा पुगेर २०६ औं पटक भन्दा बढी रक्तदान गरिसकेका मैनाली अमेरिकामा नेपाली समुदायमाझ लोकप्रिय थिए। मैनालीले ६ वटा महादेशका २० देशमा पुगेर रक्तदान गरेका थिए।

सन् २००० मा अमेरिकन एसोसिएसन अफ ब्लड बैंकको वार्षिक सम्मेलनको निमन्त्रणामा अमेरिकाको वासिङ्टन डिसी पुगेका उनी त्यसपछिदेखि अमेरिकामै बस्दै आएका थिए।