यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


काठमाडौं ।

नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।

आज अस्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ४८ पैसा रहेको छ भने बिक्री दर ८६ रुपैयाँ ८७ पैसा रहेको छ। यस्तै अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५६ पैसा र बिक्री दर १३३ रुपैयाँ १६ पैसा पुगेको छ। युरो एकको खरिद दर १४२ रुपैयाँ ९५ पैसा रहेको छ भने बिक्री दर १४३ रुपैयाँ ६० पैसा रहेको छ।

यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ३९ पैसा रहेको छ भने बिक्री दर १६८ रुपैयाँ १५ पैसा रहेको छ। आज कतारी रियालको एकको खरिद दर ३६ रुपैयाँ ३५ पैसा र बिक्री दर ३६ रुपैयाँ ५१ पैसा रहेको छ।