आज अस्ट्रेलियन डलर घट्यो, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

आज अस्ट्रेलियन डलर घट्यो, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर


काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।

आज अस्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ १ पैसा रहेको छ भने बिक्री दर ८६ रुपैयाँ ४० पैसा रहेको छ। बिहीबारको तुलनामा आज अस्ट्रेलियन ४७ पैसाले घटेको नेपाल राष्ट्र बैँकले जनाएको छ।

यस्तै अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ४४ पैसा र बिक्री दर १३३ रुपैयाँ ०४ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रुपैयाँ ५५ पैसा र बिक्री दर १४३ रुपैयाँ १९ पैसा रहेको छ।

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ८९ पैसा र बिक्री दर १६७ रुपैयाँ ६५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३२ पैसा र बिक्री दर ३६ रुपैयाँ ४८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।