यशको ‘टक्सिक’ मा शाहरुख खान जोडिने खबरले बलिउडको माहौल तात्यो

यशको ‘टक्सिक’ मा शाहरुख खान जोडिने खबरले बलिउडको माहौल तात्यो


मुम्बई।

साउथका सुपरस्टार यश आफ्नो नयाँ फिल्म ‘टक्सिक’लाई लिएर चर्चामा छन्।

यशको फिल्म ‘केजीएफ २’ पछि उनका फ्यानहरु नयाँ फिल्मको पर्खाइमा छन्। फिल्म ‘टक्सिक’को आधिकारिक रुपमा घोषणा भइसकेको छ।

केही समयअघि मात्र फिल्मको मोशन पिक्चर बाहिर आएको थियो, जसलाई फ्यानले निकै मनपराएका थिए। अहिले यो फिल्ममा बलिउड सुपरस्टार शाहरुख खान जोडिने खबरले बलिउडको माहौल तातेको छ।

फिल्मका निर्माताले शाहरुखसँग भेटेर फिल्मका विषयमा कुराकानी गरिसकेका छन्। शाहरुखले फिल्ममा अभिनय गर्ने या नगर्ने विषयमा केही बोलेका छैनन्। निर्माताहरु उनको उत्तरको प्रतिक्षामा छन्।

फिल्म निकट स्रोतका अनुसार शाहरुखले फिल्ममा केमियो भूमिका गर्दैछन्। शाहरुखले पनि केमियोको कुरामा काम गर्न सक्ने जनाउ दिएका छन्। (बलिउड हंगामा)