फिल्म ‘गैँडाकोट जिरो किमी’ का लागि अभिनेत्री खोज्दै निर्देशक अनुप थापा

फिल्म ‘गैँडाकोट जिरो किमी’ का लागि अभिनेत्री खोज्दै निर्देशक अनुप थापा


ब्रिजबेन, अस्ट्रेलिया ।

निर्माता, लेखक तथा निर्देशक अनुप थापाले लिंग परिवर्तन गरेकाहरूको कथामा आधारित फुल मुभी ‘गैँडाकोट जिरो किमी’ को घोषणा गरेका छन्। सामाजिक तथा पारिवारिक कथामा आधारित फिल्म ‘गैँडाकोट जिरो किमी’ सेप्टेम्बरबाट छायाँकन गरिने उनले जानकारी दिए। 

नेपालको तराई क्षेत्रमा छायाँकन गरिने फिल्म ‘गैँडाकोट जिरो किमी’ को लागि निर्देशक थापाले अहिले अभिनेत्रीको खोजी गरिरहेका छन्। लिंग परिवर्तन गरेर केटाबाट केटी बनेका ३० वर्षभन्दा कम उमेर भएका इच्छुकले सम्पर्क गर्न सकिने उनले केबीसी खबरलाई जानकारी दिए। फिल्म केटाबाट केटीमा लिंग परिवर्तन गरेपछि समाजमा भोग्नु परेका हरेक संर्घर्षको सत्य कथामा आधारित रहेको निर्देशक थापाले जानकारी दिए।

फिल्ममा अभिनय गर्न चाहनेले यो [email protected] जिमेलमा मेल गर्न थापाले आग्रह गरेका छन्।

अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा लगिने उक्त फिल्म निर्देशक थापाले निर्माण गर्ने छन्। निर्माता थापाका यसअघिका फिल्म कस्तुरी, ‘थ्यांक यु फर बिइङ अ फ्रेन्ड’ र ‘अशुद्ध’ले विभिन्न देशका प्रतिष्ठित सर्ट फिल्म फेस्टिभलमा सहभागी भएर पुरस्कार जितेका छन्। निर्देशक थापा लामो समयदेखि अष्ट्रेलियाको ब्रिस्वेनमा बस्दै आएका छन्।