आज अस्ट्रेलियन डलर भाउ घट्यो, अन्य विदेशी मुद्राको विनिमय दर कति ?

आज अस्ट्रेलियन डलर भाउ घट्यो, अन्य विदेशी मुद्राको विनिमय दर कति ?


काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.६१ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.२१ रुपैयाँ रहेको छ। त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.३३ रुपैयाँ रहेको छ भने बिक्री दर १४४.९९ रुपैयाँ रहेको छ ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८.५१ रुपैयाँ रहेको छ भने बिक्री दर १६९.२७ रुपैयाँ रहेको छ। अस्ट्रेलियन डलर एकको खरिद दर ८७.३७ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.७७ रुपैयाँ रहेको छ। आज अस्ट्रेलियन डलर १३ पैसाले घटेको राष्ट्र बैंकले जनाएको छ।

साउदी रियाल एकको खरिद दर ३५.३६ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.५२ रुपैयाँ रहेको छ। मलेसियन रिंगिट एकको खरिद दर २८.०६ रुपैयाँ रहेको छ भने बिक्री दर २८।१८ रुपैयाँ रहेको छ।