यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।

आज अस्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ५० पैसा रहेको छ भने बिक्री दर ८७ रुपैयाँ ८९ पैसा रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.६१ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.२१ रुपैयाँ रहेको छ। त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.५२ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.१७ रुपैयाँ रहेको छ ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८.४४ रुपैयाँ रहेको छ भने बिक्री दर १६९.२० रुपैयाँ रहेको छ। साउदी रियाल एकको खरिद दर ३५.३६ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.५२ रुपैयाँ रहेको छ। मलेसियन रिंगिट एकको खरिद दर २८.११ रुपैयाँ रहेको छ भने बिक्री दर २८.२४ रुपैयाँ रहेको छ।