अष्ट्रेलियन डलरको भाउ निरन्तर घट्दो, अन्य विदेशी मुद्राको विनिमय दर कति ?

अष्ट्रेलियन डलरको भाउ निरन्तर घट्दो, अन्य विदेशी मुद्राको विनिमय दर कति ?


काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज अस्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ २ पैसा रहेको छ भने बिक्री दर ८७ रुपैयाँ ४१ पैसा रहेको छ। बुधबारको तुलनामा आज अष्ट्रेलियन डलर ५३ पैसाले घटेको राष्ट्र बैँकले जनाएको छ। बुधबार पनि अष्ट्रेलियन डलर ६३ पैसाले घटेको थियो।

यस्तै अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ७३ पैसा र बिक्री दर १३३ रुपैयाँ ३३ पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ३५ पैसा र बिक्री दर १४५ रुपैयाँ ०० पैसा रहेको छ।

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ३८ पैसा र बिक्री दर १६९ रुपैयाँ १४ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।