आज डलर स्थिर हुँदा युरो र पाउण्डको भाउ घट्यो, अष्ट्रेलियन डलरको रेट कति ?

आज डलर स्थिर हुँदा युरो र पाउण्डको भाउ घट्यो, अष्ट्रेलियन डलरको रेट कति ?


काठमाडौं ।

नेपाल राष्ट्र बैंकले माघ १ गते (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।

आज अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ५१ पैसा रहेको छ भने बिक्री दर ८८ रुपैयाँ ९१ पैसा रहेको छ। यस्तै अमेरिकी डलर शनिबारको तुलनामा स्थिर छ। डलर एकको खरिद दर १३२ रुपैयाँ ३८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९८ पैसा रहेको छ।

त्यसैगरी युरो एकको खरिद दर १४४ रुपैयाँ ९७पैसा र बिक्री दर १४५ रुपैयाँ ६३ पैसा र बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ८३ पैसा र बिक्री दर १६९ रुपैयाँ ६० पैसा छ।

युरो र पाउण्डको भाउ घटेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।