सर्वोच्च अदालत अगाडि न्यायाधीशकै श्रीमतीले गरिन् आत्मदाहको प्रयास

सर्वोच्च अदालत अगाडि न्यायाधीशकै श्रीमतीले गरिन् आत्मदाहको प्रयास


काठमाडौँ ।

एकजना न्यायाधीशकी श्रीमतीले सर्वोच्च अदालतअगाडि आत्मदाह प्रयास गरेकी छन्। सर्वोच्च अदालत अगाडि काठमाडौंको सामाखुशी बस्ने ३९ वर्षीया आरती रावल गिरीले आत्मदाह कोसिस गरेकी हुन्।

श्रीमानविरुद्ध वैवाहिक बलात्कारको मुद्दा हालेकी न्यायाधीश भुवन गिरीकी जेठी पत्नी गिरीले सर्वोच्च अदालत परिसरमा आत्मदाह प्रयास गरेकी छन्।

‘न्याय कि मृत्यु ? बलात्कारी न्यायाधीश भुवन गिरीलाई थुनामा राख’ लेखिएको सेतो टिसर्ट लगाएकी उनले शरीरमा ज्वलनशील पर्दाथ खन्याएर आत्मदाहको प्रयास गरेको बताइएको छ।