यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


काठमाडौं ।

नेपाल राष्ट्र बैंकले पुस २७ गते (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।

आज अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ९८ पैसा रहेको छ भने बिक्री दर ८९ रुपैयाँ ३८ पैसा रहेको छ। बिहीबारको तुलनामा आज अष्ट्रेलियन डलर १२ पैसाले बढेको राष्ट्र बैँकले जनाएको छ।

यस्तै अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५५ पैसा र बिक्री दर १३३ रुपैयाँ १५ पैसा पुगेको छ। युरो एकको खरिद दर १४५ रुपैयाँ ५५ पैसा र बिक्री दर १४६ रुपैयाँ २१ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ १८ पैसा र बिक्री दर १६९ रुपैयाँ ९५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३५ पैसा र बिक्री दर ३६ रुपैयाँ ५१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।