काठमाडौँ ।
जापानको नागोयामा एक नेपालीको मृत्यु भएको छ। नेपालको ललितपुर जिल्ला घर भएका राजबहादुर खत्रीको उपचारको क्रममा मंगलबार निधन भएको नागोया क्षेत्रीय समितिका उपसंयोजक कुशल पौडेलले केबिसीलाई जानकारी दिए।
५५ वर्षीय खत्रीको उपचारको क्रममा तोयोहासी अस्पतालमा निधन भएको उनले बताए। स्वास्थ्यमा समस्या आएपछि अस्पताल गएका खत्रीको लिभरले काम गर्न छाडेको डाक्टरले भनेपछि उनको अस्पतालको सघन कक्षमा उपचार भइरहेको थियो। डिसेम्बर २७ देखि उपचाररत खत्रीको मंगलबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ।
खत्रीको जापानमै दाहसंस्कार गरिने भएको छ। आवश्यक कागजी प्रक्रिया पुरा गरेर जनवरी १४ तारिख (आइतबार) बिहान ९ बजे जापानमा नै अन्त्येष्टि गरिने एसिया प्यासिफिक संयोजक (डिआरसी) दिपक कार्किले जानकारी दिएका छन्। )
अन्तिम दाह संस्कार र अस्तु नेपाल पठाउन एनआरएन नागोया क्षेत्रीय समितिको पहलमा सहयोग संकलन गर्ने कार्य भइरहेको उपसंयोजक पौडेलकाे भनाइ छ।

प्रतिक्रिया