आज अष्ट्रेलियन डलरमा सामान्य परिवर्तन, अन्य विदेशी मुद्राको विनिमय दर कति ?

आज अष्ट्रेलियन डलरमा सामान्य परिवर्तन, अन्य विदेशी मुद्राको विनिमय दर कति ?


काठमाडौं ।

नेपाल राष्ट्र बैंकले पुस २६ गते (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।

आज अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ८६ पैसा रहेको छ भने बिक्री दर ८९ रुपैयाँ २६ पैसा रहेको छ। बुधबारको तुलनामा आज अष्ट्रेलियन डलर ५ पैसाले बढेको राष्ट्र बैँकले जनाएको छ।

यस्तै अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५६ पैसा र बिक्री दर १३३ रुपैयाँ १६ पैसा पुगेको छ। युरो एकको खरिद दर १४५ रुपैयाँ ०९ पैसा र बिक्री दर १४५ रुपैयाँ ७४ पैसा रहेको छ।

यसै गरी बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६२ पैसा र बिक्री दर १६९ रुपैयाँ ३८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३५ पैसा र बिक्री दर ३६ रुपैयाँ ५२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।