एजेन्सी । इजरायल र हमासबीचको युद्धमा परेर अहिलेसम्म करिब २३ हजारको मृत्यु भएको छ। युद्धमा दुवै पक्षका गरी करिब २३ हजार मानिस मारिएका समाचार एजेन्सीहरूले जनाएका छन्।
आतंकवादी संगठन हमासले धेरै इजरायली नागरिकलाई बन्धक बनाएको छ। उनीहरुको रिहाईको लागि इजरायलमा मानिसहरुले विरोध प्रदर्शन गरेका छन्। बन्धकका आफन्तले नेता न्याहु सरकारलाई हटाउन माग गरेका छन्। यससँगै गाजामा जारी युद्ध अन्त्य गर्नुपर्ने उनीहरूको माग छ।
इजरायली बन्धकहरूको हजारौं समर्थकहरूले शनिबार इजरायलको मुख्य शहर तेल अवीवको होस्टेज स्क्वायरमा प्रदर्शन गरेका थिए। सो क्रममा आन्दोलनकारीले सरकारविरुद्ध नाराबाजी गरेका थिए।
विदेशी सञ्चारमाध्यमले यसलाई सरकारविरुद्ध जनआक्रोश भनेका छन्। मानिसहरूले नेतान्याहू र अन्य अधिकारीहरूलाई यस युद्धको लागि दोष दिएका छन्।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इजरायली हमलामा २२ प्यालेस्टाइनीको मृत्यु भएको छ। अक्टोबर ७ देखि इजरायली हमलामा कम्तिमा २२,७२२ प्यालेस्टाइनी मारिएका छन् भने ५८,१६६ जना घाइते भएका छन्। आतंकवादी हमलामा हालसम्म १,१३९ इजरायलीको मृत्यु भइसकेको छ।

प्रतिक्रिया