काठमाडौं ।
नेपाल राष्ट्र बैंकले पुस १८ गते (बुधबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।
आज अस्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ ४४ पैसा रहेको छ भने बिक्री दर ९० रुपैयाँ ८५ पैसा रहेको छ। अष्ट्रेलियन डलर मंगलबारको तुलनामा आज ७ पैसाले घटेको राष्ट्र बैँकले जनाएको छ।
अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०२ पैसा र बिक्री दर १३३ रुपैयाँ ६२ पैसा पुगेको छ। त्यस्तै, युरो एकको खरिद दर १४६ रुपैयाँ ०३ पैसा र बिक्री दर १४६ रुपैयाँ ६९ पैसा रहेको छ।
त्यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ५४ पैसा र बिक्री दर १६९ रुपैयाँ ३० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५० पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
प्रतिक्रिया