काठमाडौँ ।
ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा ज्यान गुमाएका सुजन रावत र वीरेन्द्र शाहको शव आज सुर्खेत पठाइएको छ। उनीहरूको शव नेपाली सेनाको स्काई ट्रकबाट सुर्खेत पठाइएको हो।
दुवैजनाको शव पाटन अस्पतालमा पोष्टमार्टमपछि सुर्खेत पठाइएको हो। सुर्खेतबाट हेलिकप्टरमा सुजन रावतको शव दैलेख र वीरेन्द्रको शव अछाम लैजाने तयारी छ।
सोमबार सरकार र मृतकका परिवारबीच सहमति भएपछि मृतकका आफन्तले शव बुझेका थिए।
पुस १३ मा रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरूले गरेको प्रदर्शन स्थलमा गम्भीर घाइते भएका दुवैले अस्पतालमा ज्यान गुमाएका हुन्।

प्रतिक्रिया