आज अंग्रेजी नयाँ वर्ष तथा नेपाली टोपी दिवस मनाइँदै

आज अंग्रेजी नयाँ वर्ष तथा नेपाली टोपी दिवस मनाइँदै


काठमाडौं ।

आज अंग्रेजी नयाँ वर्ष सन् २०२४ को पहिलो दिन नेपाली टोपी दिवस मनाइँदैछ। मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाहरूले विक्रम सम्वत २०७० सालदेखि ’टोपी दिवस’ मनाउने अभियान थालेका थिए। पछि सामाजिक सञ्जाल यसको चर्चासँगै दिवसका रुपमा स्थापित भएको छ।

जंगबहादुर राणाकी बहिनी डम्बरकुमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलो पटक टोपी बनाएर उपहार दिएको संस्कृतविद्को भनाइ छ। नेपाल बाहिर रहेका नेपाली र नेपाली भाषीहरुले पनि नेपाली टोपी लगाउने गर्छन्। आज अष्ट्रेलियाका विभिन्न राज्यहरुमा रहेका नेपाली संघ–सस्थाहरुले टोपी दिवस मनाउन कार्यक्रमको आयोजना गरेका छन्।

नेपाली टोपीको साइनो बंगलादेशको ढाका, कश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ।

विशेषतः भाद्गाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ। तर नेपालका विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गर्छन्।