काठमाडौँ ।
रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर भएको प्रदर्शनले उग्र रुप लिएपछि प्रहरीले गोली चलाएको छ। प्रहरीको गोली लागेर बालकुमारीमा एक प्रदर्शनकारीको मृत्यु भएको छ।
प्रहरीले चलाएको गोली लागेर २३ वर्षीय सुजन राउतको मृत्यु भएको हो। अन्य दुई जना गम्भीर घाइते भएका छन्। घाइते भएका एकजनाको पाटन अस्पतालमा र अर्का एक जनाको किष्ट अस्पतालमा उपचार भइरहेको बताइएको छ।
प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास पनि प्रहार गरेको थियो। प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा।२ झ ५८६१ नम्बरको गाडी जलाएका थिए। यस्तै आगजनीमा संलग्न १७ जनालाई प्रहरीले पक्राउ समेत गरेको छ। घटनामा केही आन्दोलनकारी घाइते समेत भएको बताइएको छ।

प्रतिक्रिया