बालकुमारी आन्दोलनमा प्रहरीले गोली चलायो, एक प्रदर्शनकारीको मृत्यु

बालकुमारी आन्दोलनमा प्रहरीले गोली चलायो, एक प्रदर्शनकारीको मृत्यु


काठमाडौँ ।

रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर भएको प्रदर्शनले उग्र रुप लिएपछि प्रहरीले गोली चलाएको छ। प्रहरीको गोली लागेर बालकुमारीमा एक प्रदर्शनकारीको मृत्यु भएको छ।

प्रहरीको गोली लागेका एक युवकको किस्ट अस्पतालमा मृत्यु भएको बताइएको छ। मृतकको पहिचान खुल्न बाँकी रहेको उनले बताए ।

रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरुले गरेको प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो।