बढ्यो अष्ट्रेलियन डलरको भाउ, अन्य विदेशी मुद्राको विनिमय दर कति ?

बढ्यो अष्ट्रेलियन डलरको भाउ, अन्य विदेशी मुद्राको विनिमय दर कति ?


काठमाडौं ।

नेपाल राष्ट्र बैंकले पुस ७ (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।

आज अस्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ ३५ पैसा रहेको छ भने बिक्री दर ९० रुपैयाँ ७६ पैसा रहेको छ। शुक्रबारको तुलनामा आज अष्ट्रेलियन डलर ६१ पैसाले घटेको राष्ट्र बैँकले जनाएको छ।

यस्तै अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७३ पैसा र बिक्री दर १३३ रुपैयाँ ३३ पैसा पुगेको छ। युरो एकको खरिद दर १४६ रुपैयाँ ३५ पैसा र बिक्री दर १४७ रुपैयाँ ०१ पैसा रहेको छ। त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ०८ पैसा र बिक्री दर १६९ रुपैयाँ ८५ पैसा पुगेको छ।

हिजोको तुलनामा युरो र पाउण्डको भाउ बढेको छ। शुक्रबार युरो एकको खरिद दर १४५ रुपैयाँ ७९ पैसा र बिक्री दर १४६ रुपैयाँ ४४ पैसा तथा बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ३१ पैसा र बिक्री दर १६९ रुपैयाँ०७ पैसा तोकिएको थियो।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४१ पैसा र बिक्री दर ३६ रुपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।