रवि लामिछाने भन्छन्ः ‘चप्पल पड्काएर आएकाहरू पाँचतारे होटलमा विवाह गर्न सक्ने भए’

रवि लामिछाने भन्छन्ः ‘चप्पल पड्काएर आएकाहरू पाँचतारे होटलमा विवाह गर्न सक्ने भए’


काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नातावाद, कृपावादका कारण चप्पल पड्काएर आएकाहरू पाँचतारे होटलमा विवाह गर्न सक्ने भएको टिप्पणी गरेका छन्।

स्याङ्जामा आयोजित पार्टीको सभालाई सम्बोधन गर्दै उनले भने, “हरेक ठेक्कामा आफन्तवाद, नातावाद र कृपावाद नेताका छोरा छोरी नाती–नातिना जो चप्पल पड्काएर आएका थिए तीनिहरुको पाँच तारे होटेलमा ठुला व्यापारिले झैं विवाह, व्रतबन्ध भोज भतेर गर्न सक्ने भए।”

उनले जनता आफ्नो उपचार गर्नका लागि घरबार बेचेर छोराछोरी विदेश पठाउने भएका छन् भन्दै उनले भने, “यही हो जनता हारेको चुनावको परिणाम। यस्तो हुँदा पनि हाम्रो चेत खुलेको छैन।”

“नेताहरुले वर्षौंदेखि कति तलब थाप्छन् मैले अहिले ८–९ महिनामा थाप्दा थाहा पाइसकेको छु। त्यति तलबले त केही हुँदैन तिनको महल कसरी ठडियो म आश्चर्यचकित परेको छु। मैले तिनीहरूको हिसाब किताब निकाल्ने अठोट गरेर आएको छु”, उनले भने।

पुराना दलका नेताहरूका कारण युवाहरू विदेशिन बाध्य भएको उनको भनाइ छ। आफ्नो छोराछोरी, नातानातिनी विदेशिन पर्दा समेत त्यही पुराना दलका नेताहरूलाई नै जनताले किन भोट किन हालिरहेका छन् बुझ्न नसकेको उनले भने।