आज ह्वात्तै बढ्यो अष्ट्रेलियन डलरको भाउ, अन्य वदेशी मुद्राको विनिमय दर कति ?

आज ह्वात्तै बढ्यो अष्ट्रेलियन डलरको भाउ, अन्य वदेशी मुद्राको विनिमय दर कति ?


काठमाडौं ।

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।

आज अस्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ३५ पैसा रहेको छ भने बिक्री दर ८९ रुपैयाँ ७५ पैसा रहेको छ। बिहीबारको तुलनामा आज अष्ट्रेलियन डलर दुई रुपैयाँ १० पैसाले बढेको राष्ट्र बैँकले जनाएको छ।

यस्तै अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०४ पैसा र बिक्री दर १३३ रुपैयाँ ६४ पैसा पुगेको छ। युरो एकको खरिद दर १४५ रुपैयाँ २८ पैसा र बिक्री दर १४५ रुपैयाँ ९३ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ५३ पैसा र बिक्री दर १६९ रुपैयाँ २९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४८ पैसा र बिक्री दर ३६ रुपैयाँ ६५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।