काठमाडौँ ।
एसिसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत अफगानिस्तानविरुद्धको खेलमा नेपालले टस जितेको छ।
संयुक्त अरब इमिरेट्स (युएई) स्थित दुबईमा रहेको आइसिसी एकेडेमी ओभल–२ मैदानमा नेपाली टोलीका कप्तान देव खनालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन्। योसँगै अफगानिस्तानले पहिला ब्याटिङ गर्ने भएको छ।
पहिलो खेलमा पाकिस्तानसँग सात विकेटले पराजित भएको नेपाल अफगानिस्तानलाई हराउँदै प्रतियोगितामा पहिलो जित दर्ता गराउन चाहन्छ। अफगानिस्तान पनि पहिलो जितको खोजीमा छ । अफगानिस्तानले पहिलो खेलमा भारतसँग ७ विकेटले पराजित भएको थियो।
उक्त प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। नेपालको समूहमा भारत, पाकिस्तान र अफगानिस्तान छन्। समूह ‘बी’ मा युएई, जापान, बङ्गलादेश र श्रीलङ्का छन्। आजै हुने समूह ‘ए’ अन्तर्गतको अर्को खेलमा भारत र पाकिस्तान भिड्दैछन्।
ताजा अवस्थामा अफगानिस्तानले ७ ओभर खेलेर ३ विकेटको क्षतीमा ३४ रन बनाएको छ।

प्रतिक्रिया