काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आज (मंसिर २२) शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।
आज अस्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ३५ पैसा रहेको छ भने बिक्री दर ८७ रुपैयाँ ७४ पैसा रहेको छ। बिहीबारको तुलनामा आज अष्ट्रेलियन डलरको भाउ २ पैसाले घटेको राष्ट्र बैँकले जनाएको छ।
यस्तै अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०३ पैसा र बिक्री दर १३३ रुपैयाँ ६३ पैसा कायम भएको छ। युरो एकको खरिद दर १४३ रुपैयाँ ४९ पैसा र बिक्री दर १४४ रुपैयाँ १३ पैसा रहेको छ।
त्यसैगरि, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ४८ पैसा र बिक्री दर १६८ रुपैयाँ २३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
प्रतिक्रिया