आज अष्ट्रेलियन डलरमा सामान्य वृद्धि, अन्य विदेशी मुद्राको विनिमय दर कति ?

आज अष्ट्रेलियन डलरमा सामान्य वृद्धि, अन्य विदेशी मुद्राको विनिमय दर कति ?


काठमाडौं ।

नेपाल राष्ट्र बैंकले आज (मंसिर २१) बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।

आज अस्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ३७ पैसा रहेको छ भने बिक्री दर ८७ रुपैयाँ ७६पैसा रहेको छ। बुधबारको तुलनामा आज अष्ट्रेलियन डलरको भाउ ३ पैसाले बढेको राष्ट्र बैँकले जनाएको छ।

यस्तै अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०३ पैसा र बिक्री दर १३३ रुपैयाँ ६३ पैसा कायम भएको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ४९ पैसा र बिक्री दर १४४ रुपैयाँ १३ पैसा रहेको छ ।

त्यसैगरि, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ४८ पैसा र बिक्री दर १६८ रुपैयाँ २३ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।