आज अष्ट्रेलियन डलरको भाउ ८८ रुपैयाँ, अन्य विदेशी मुद्राको विनिमय कति ?

आज अष्ट्रेलियन डलरको भाउ ८८ रुपैयाँ, अन्य विदेशी मुद्राको विनिमय कति ?


काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.१० रुपैयाँ रहेको छ भने बिक्री दर १३३.७० रुपैयाँ रहेको छ। त्यस्तै युरोपियन युरो एकको खरिद दर १४५.६२ रुपैयाँ रहेको छ भने बिक्री दर १४६.२८ रुपैयाँ रहेको छ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६७.७७ रुपैयाँ रहेको छ भने बिक्री दर १६८.५३ रुपैयाँ रहेको छ। अस्ट्रेलियन डलर एकको खरिद दर ८७.६१ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.०१ रुपैयाँ रहेको छ। साउदी रियाल एकको खरिद दर ३५.४९ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६९ रुपैयाँ रहेको छ। मलेसियन रिंगिट एकको खरिद दर २८.४१ रुपैयाँ रहेको छ भने बिक्री दर २८.५४ रुपैयाँ रहेको छ।