दुर्गा प्रसाईं समूहले आज कलंकी, रत्नपार्क र बालाजुमा प्रदर्शन गर्ने

दुर्गा प्रसाईं समूहले आज कलंकी, रत्नपार्क र बालाजुमा प्रदर्शन गर्ने


काठमाडौँ ।

व्यवसायी दुर्गा प्रसाईं समूहले आज काठमाडौँका तीन ठाउँमा प्रदर्शन गर्ने भएका छन्। समूहले आज कलंकी चोक, रत्नपार्क र बालाजु बिजी मलमा प्रदर्शन गर्ने भएका हुन्। सबै स्थानमा बिहान ११ बजे प्रदर्शन गर्ने राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले जानकारी दिएको छ।

यसअघि उक्त महाअभियानले आज भक्तपुरको दरबारक्षेत्रमा कार्यक्रम गर्ने बताएको थियो। उक्त कार्यक्रम भने स्थगित भएको बताइएको छ।