विश्वकप उपाधिका लागि अष्ट्रेलियालाई २४१ रनको लक्ष्य

विश्वकप उपाधिका लागि अष्ट्रेलियालाई २४१ रनको लक्ष्य


काठमाडौँ ।

एकदिवसीय विश्वकप क्रिकेटको फाइनल खेलमा भारतले अस्ट्रेलियालाई जितका लागि २४१ रनको लक्ष्य दिएको छ। टस हारेर ब्याटिङको निम्तो पाएको भारतले पूरै ५० ओभर खेल्दै १० विकेटको क्षतिमा २४० रन बनाएको हो।

भारतका राहुलले १०७ बलमा सर्वाधिक ६६ रन बनाए। तेस्रो नम्बर क्रिजमा आएका विराट कोहलीले ६३ बलमा चार चौकासहित ५४ रनको योगदान गरे।

ओपनर रोहित शर्माले ३१ बलमा ४७ रन बनाएर आउट भए। चार चौका र तीन छक्का हिर्काएका रोहितलाई ग्लेन म्याक्स्वेलले ट्राभिस हेडबाट क्याच आउट गराए। सूर्यकुमार यादवले १८ रनको योगदान गरे।

अस्ट्रेलियाका मिचेल स्टार्सले १० ओभरमा ५५ रन खर्चंदै तीन विकेट लिए। कप्तान प्याट कमिन्स र जस हेजलवुडले समान दुई-दुई विकेट लिए। भारत घरेलु मैदानमा तेस्रो पटक विश्वकप उचाल्ने दाउमा छ भने अस्ट्रेलिया कीर्तिमानी छैटौं पटक उपाधि जित्ने लक्ष्यमा छ।