ब्यापारिक केन्द्र धनगढीमा हाम्रो नेपाली मिठो अचार खुल्यो

ब्यापारिक केन्द्र धनगढीमा हाम्रो नेपाली मिठो अचार खुल्यो


काठमाडौँ ।

देशकै अर्थतन्त्र कमजोर भईरहेको बेला बित्तिय स्थिती सुधार गर्ने प्रयत्नले नयाँ युवाहरुले सानो सानो उद्योग ब्यबसाय स्थापना गरी मुलूक मै आय आर्जनका प्रयास गरीरहेका छन्।

ब्यापारिक राजधानी र तराई नाकाको रुपमा चिनिएको कैलाली धनगढीमा यतिखेर नयाँ युवा उद्यमीहरु उदाएका छन्। धनगढीको सडक र शहरको स्तरोन्नति संगै नयाँ नयाँ उद्योग र ब्यबसायहरु उदय हुन् थालेका देखिन्छ।

यसै सन्दर्भमा धनगढी–१९ पच्चीस घरमा ‘हाम्रो नेपाली मिठो अचार’ नामको अचार उद्योग खुलेको छ। धनगढी–१९ स्थित पच्चीसघरका नन्द भाउजू रिना बस्नेत र शान्ति कार्कीले मिलेर ुहाम्रो नेपाली मिठो अचारु बजारमा ल्याएका हुन्। धनगढीमै तीन महिने अचार बनाउने तालिम लिएका बस्नेत र कार्कीले सोमबार आफ्नो उद्योगको अचार बजारमा ल्याएका हुन्।

करिब एक लाखको लगानीमा सुरू गरेको अचार उद्योगमा अहिले एघार किसिमको अचार बिक्री गर्न राखिएको उद्योग सञ्चालक रिना बस्नेतले बताए। आधा किलोग्राम र तीन सय ग्रामका डिब्बामा आफ्नो उद्योगको अचार बिक्रीका लागि उपलब्ध रहेको बस्नेतले बताइन्।

अचार उद्योगको सोमबार एक समारोहका बिच १९ नम्बरका वडा अध्यक्ष बाधुराम चौधरीले उद्घाटन गरेका हुन्। उद्योग सञ्चालक बस्नेतले सबै किसिमको अचार बनाएर धनगढी लगायत देशका अन्य ठाउँमा पनि बिक्री वितरण गर्ने लक्ष्य रहेको बताएकी छन्।

धनगढीकी युवा उद्यमी रिना बस्नेतले उक्त उधोगलाई एक नबिन प्रयास र आय आर्जनका लागी सकारात्मक पक्ष रहेको धारणा ब्यक्त गरेकी छिन् भने उक्त उत्पादन गरिएको अचार स्वस्थ्यकर रहेको महिला उद्यमी शान्ति कार्कीले बताएकी छिन्।

स्थानीयबासीहरुले पनि यस्ता उद्योगहरुबाट रोजगार सिर्जना हुने र समाजमा उदहरणीय कार्यको थालनी हुने विश्वास ब्यक्त गरेका छन्।

यस्ता सानो लगानीको ब्यबसायिक कार्यहरुबाट पनी मुलूकको अर्थतन्त्रमा टेवा पुग्नुको साथै समाजमा उद्यमशीलताको विकास हुँदै जाने देखिन्छ।