काठमाडौँ ।
सरकारले सामाजिक सञ्जल टिकटक तत्काल बन्द गर्ने निर्णय गरेको छ। आज बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्। टिकटकबाट सामाजिक सद्भाव विगार्ने र घृणा फैलाउने कार्य भएको भन्दै त्यसलाई बन्द गर्ने निर्णय गरिएको शर्माले बताइन्।
‘क्याविनेटले टिकटक बन्द गर्ने निर्णय गरेर सञ्चार मन्त्रालयलाई निर्देशन गर्ने निर्णय भएको छ। निणर्य कार्यान्वयनमा जान प्राविधिक रुपमा साथीहरु लागिसक्नुभएको छ। केही समय लाग्ला तर तत्काल बन्द गर्ने निर्णय भएको छ,’ मन्त्री शर्माले भनिन्, ‘त्यसमा सबैको सहयोग चाहिन्छ। आवश्यक प्राविधिक व्यवस्था गर्न सञ्चार मन्त्रालय र दूरसञ्चार प्राधिकरण तैयारीमा लागिसक्नुभएको छ।’
मन्त्री शर्माका अनुसार टिकटक बन्द गर्ने निर्णय तत्काल कार्यान्वयनमा जानेछ, त्यसका लागि कुनै डेडलाइन तोकिएको छैन।

प्रतिक्रिया