नवलपरासीको देवचुलीमा जीप दुर्घटनाः ६ जनाको मृत्यु, एक गम्भीर घाइते

नवलपरासीको देवचुलीमा जीप दुर्घटनाः ६ जनाको मृत्यु, एक गम्भीर घाइते


काठमाडौँ ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–९ जीप दुर्घटना हुँदा ६ यात्रुको मृत्यु भएको छ।

बौदीकाली गाउँपालिकाको माझडाँडाबाट दलदले बजारतर्फ आउँदै गरेको लु१ज ३२७० नम्बरको जीप देवचुली नगरपालिका–९ गोरेघुम्तीमा दुर्घटना हुँदा घटनास्थलमै ६ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए। दुर्घटनामा एक जना घाइते भएका छन् ।

दुर्घटनामा मृत्यु हुनेको परिचय खुल्न बाँकी रहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताए। जीप अनियन्त्रित भई सडक छेउको घरमा ठोक्किन पुगेको प्रहरीले जनाएको छ।