काठमाडौँ ।
राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्प पीडितको सहयोगका लागि आफ्नो एक महिनाको तलब बराबरको रकम दिने भएका छन्।
राष्ट्रपति पौडेलले भूकम्प प्रभावित जनताका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषमा आफ्नो एक महिनाको तलब बराबरको रकम प्रदान गर्ने राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको हो।
जाजरकोट केन्द्र बनाएर गएको भूकम्पबाट प्रभावितहरूको राहत तथा पुनःस्थापनाका लागि कोष स्थापना गरिएको हो।

प्रतिक्रिया