भूकम्प अपडेट : ज्यान गुमाउनेको संख्या १५७ पुग्यो, १९७ घाइते

भूकम्प अपडेट : ज्यान गुमाउनेको संख्या १५७ पुग्यो, १९७ घाइते


काठमाडौं ।

भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म ज्यान गुमाउनेको संख्या एक सय ५७ पुगेको छ। दुवै जिल्लामा गरी एक सय ९७ जना घाइते भएका छन्।

गृहमन्त्रालयले साँझ ८ बजे सम्म जाजरकोटमा एक सय ५ जनाको तथा रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको पुष्टि गरेको छ। यसै गरी भूकम्पबाट जाजरकोटमा एक सय ६, रुकुम पश्चिममा ८६, दैलेख, जुम्ला, प्युठान र बैतडीमा तीन÷तीन तथा सल्यानमा दुई तथा दाङ र रोल्पामा एक जना घाइते भएका छन्।

शनिबार ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्र विन्दु भइ ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको थियो। भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको छ।