काठमाडौँ ।
जाजरकोट आसपासलाई केन्द्र बनाएर शुक्रबार मध्यराती गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी अहिलेसम्म जाजरकोटमा ३७ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको छ।
जाजरकोटमा मात्र ३७ जनाको मृत्यु भएको पुष्टि भएको जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरिसचन्द्र शर्माले जानकारी दिए।
यस्तै भूकम्पबाट रुकुमपश्चिममा पनि अहिलेसम्म ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ। जिल्लाको आठविसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा अहिलेसम्म ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ रुकुमपश्चिमका प्रमूख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिएका छन्।
भूकम्पमा परी २०० बढी घाइते भएका छन्। घाइतेहरुको मिसन अस्पताल चौरजहारि, जिल्ला अस्पताल सल्ले र आठविसकोट नगर अस्पतालमा उपचार भइरहेको छ । थप विवरण पनि आउँने क्रम जारी छ ।
शुक्रबार राती ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रतिक्रिया