जाजरकोट भूकम्प अपडेटः ३६ जनाको मृत्यु, ४६ जना घाइते

जाजरकोट भूकम्प अपडेटः ३६ जनाको मृत्यु, ४६ जना घाइते


काठमाडौँ ।

जाजरकोट र रुकुम पश्चिममा भूकम्पमा परी मृत्यु हुनेको संख्या ३६ पुगेको छ। अहिलेसम्मको अद्यावधिक सूचना संकलन गर्दा ३६ जनाको मृत्यु छ भने ४६ बढी घाइते भएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालले जानकारी दिएका छ्।

भूकम्पमा परी घाइते भएकाहरूलाई उपचारको लागि जिल्ला अस्पतालमा पुर्‍याइएको छ। भूकम्पले कयौँ घरहरु भत्किएका छन्।