जाजरकोट केन्द्रविन्दु भएर पश्चिम नेपालमा शक्तिशाली भूकम्म, १० जनाको मृत्यु

जाजरकोट केन्द्रविन्दु भएर पश्चिम नेपालमा शक्तिशाली भूकम्म, १० जनाको मृत्यु


काठमाडौँ ।

शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा गएको भूकम्पको केन्द्रविन्दु जाजरकोटको रामिडाँडा भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ। जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो।

भूकम्पको धक्का काठमाडौंसहित देशका अधिकांश स्थानमा महसुस भएको बताइएको छ। भुकम्पमा परी १० जनाको ज्यान गएको छ। रुकुमको आठविसकोटमा एकैघरका ६ जना सहित १० जनाको ज्यान गएको हो। केही घाइते भएको बताइएको छ। रातिको समय भएकाले क्षतीको विवरण आउन कठिन भएको छ।