सामुहिक हत्या प्रकरण : हत्या गरिएका आमासहित ३ बालबालिकाको सामुहिक दाहसस्कार गरियो

सामुहिक हत्या प्रकरण : हत्या गरिएका आमासहित ३ बालबालिकाको सामुहिक दाहसस्कार गरियो


काठमाडौँ ।

छायाँनाथ रारा नगरपालिका–६ मन्दु गाउँमावंश नै नाशहुने गरी भएको सामुहिक बिभत्स हत्या गरिएका चारै जनाको शुक्रबार दाहसस्कार गरिएको छ। घटनाभएको ८ दिन र लासको पोष्टमाटमभएको ४ दिनपछिहत्या गरिएकाआमा र ३ छोरा,छोरीको दाहसस्कार गरिएको हो।

घटना कसरी घट्यो ? के कारण घट्यो ? रहत्यारा को हो ? भनेर प्रहरीले पत्तानलाएको भन्दै मृतकका श्रीमान दिपक बोहोरा र आफन्तले लास बुझ्न मानेका थिएनन। घटनागत ८ गते वुधबारको भए पनि प्रहरीले त्यसको दुई दिनपछि १० गते शुक्रबार बिहान ९ बजे स्थानीयवासीको सूचना पश्चात् जानकारि पाएको थियो। जानकारी पश्चात् घटना स्थलपुगेको प्रहरिले २८ वर्षीय आमाश्रीदेवीबोहोरा, ११ वर्षीय छोरा मनोज, आठवर्षीय छोरी अप्सरा र ८ महिनाकाछोरा रहर बोहोरालाई घरभित्रै मृतावस्थामा फेलापारेको थियो।

वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका मृतक श्रीदेवीका श्रीमान् दीपक बोहोरा शनिबार घर पुगेपछि सोही दिन प्रहरीले चारै जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल मुगुमा पुर्याइएको थियो।

घटनामा जानकारी आएलगतै जिल्ला प्रहरी कार्यालय मुगुबाट प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापासहितको विशेष अनुसन्धान टोली घटना स्थलमा खटिएर हत्याको सूक्ष्म अनुसन्धान गरिरहेको छ। सो घटना मृत्यु नभई सामूहिक हत्या भएको आशङ्का गरी प्रहरीले शनिवार ११ गते देखि कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको विशेष अनुसन्धान ब्यूरो टोली र कोहलपुरबाट तालिमप्राप्त कुकुरसहित खोज अनुसन्धान टोलि खटिइ अनुशन्धान तीव्र बनाउदै आएको छ।

जुम्लाबाट पनि हत्या घटनाको अनुसन्धान कार्यलाई सघाउन प्रहरीको विशेष अनुसन्धान टोली मुगु पुगेको थियो।घटनाको प्रकृति,अनुसन्धानको प्रगतीबारे नजिकबाट बुझ्न कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत काप्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकाल १२ गते घटनास्थल मै आफै पुग्नु भएको छ।

घटना भएको सिङ्गो गाउँलाई उच्च निगरानीमा राखेर अनुसन्धान गरिएता पनि घटना घटेको ९ दिन वितिसक्दा पनि खासै तथ्य भने प्रहरीले भेटाउन सकेको छैन। प्रहरी नायव उपरिक्षक विरेन्द्र थापाका अनुसार प्रदेश प्रहरीले प्रदेशभरि कै घटना गतिविधिहरुमा मुगु घटनालाई उच्च प्राथमिकता राखेर प्रदेश प्रहरी प्रमुख घटनस्थलमा पुग्नु भएको हो।

अनुसन्धान काक्रममा एक व्यक्तिलाई घटनामा संलग्न भएको आशङ्कामा प्रहरिले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। विभिन्न कोणबाट अनुसन्धानगर्दा सम्वन्धी तव्यक्तिहरुसँग भेरिफाइ गर्न कम्तिमा १ देखि २ दिनसम्म लाग्छ। यत्रो ४–४ जनाको हत्याभएको छ कयौ जनासङ्ग सोधपुछ र भेरिफाइगर्दा धेरै दिनलाग्नु अनौठो होइन।

मुगु सुगम जिल्ला होइन यहाँ अनेकौ कठिनाइका वावजुद काम गर्नु पर्छ एक त घटनाको सुचना प्रहरीसम्म ढिला पुग्यो, फोन, नेटले भनेको बेलाकाम गर्दैन, भौगोलिक कठिनाइका कारण अनुसन्धान सम्वन्धी कृयाकलाप गर्न घटना स्थल, सदरमुकाम र आसपास क्षेत्रमा पटक–पटक आवतजावत गर्न कठिनाइ छ। यस्तै विविध समस्याले अनुसन्धानप्रभावित भैरहेको छ प्रनाउ थापाले भने। प्रहरिले अहिले प्राविधिक र मेनुल्लीदुई तरिकाबाटमुगु घटनाको अनुसन्धान भैरहेको बताएको छ।

घटनाको प्रकृति हेर्दा श्रीदेवीले लगाएकागहना र उनले प्रयोग गर्दै आएको मोबाइल २ फोन सेट मध्य एक सेट भेटिएपनिअर्को भिजोवल स्माट सेट नभेटिएकाले लुटपाट गर्ने मनसायले भन्दा अर्कै उदेश्य र कारोवारोले हत्याभएको हुन सक्ने अनुमान गरि प्रहरिले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ।

प्रहरीले हालसम्म पनि घटनामा संलग्नव्यक्तीबारे ठोस प्रमाण फेलापार्न नसके पनिघटना अनुसन्धानकार्य भने जारी रहेकाले दोषी कुनै पनि हालतमा पत्तालगाई छाड्ने प्रहरीले दावी गरिरहेको छ। हप्ता दिन वित्यो घटनाको केही क्लु फेला परेको छैन। के थप अनुशन्धानगर्न केन्द्रिय अनुसन्धानटोलि आउन लागेको हो भन्ने पत्रकारहरुले सोधेको प्रश्नमा प्रनाउविरेन्द्र थापाले भन्नुभयो कुनै क्लु नभेटाइ केन्द्रिय अनुसन्धान व्युरो (सिआइवी) मुगु झिकाउनु भनेको समय खेर फाल्नु हो।

त्यसैले अहिले फिल्डमाखटिएको टोलिले हत्या र हत्यारा बारे केही क्लु भेटाएमाथप अनुसन्धान गर्न सिआइवीटोलि पनिमुगु आउन सक्छ जिल्ला अस्पताल मुगुमा लास राख्ने कोल्डहाउस नहुदालासहरु गल्दै गएकाले समय मै दाह सस्कार नभए अस्पताल क्षेत्रमा गन्धित फैलिने त्रास थियो।

चिकित्सकअर्जुन भामले भन्नूभयो प्रहरिले अनुसन्धान गरिरहेको छ शुष्म अध्ययनका लागि सव परिक्षणपनि भैसक्यो आफन्तहरुले लास बुझिदिनु भयो अब हाम्रो त्रास हट्यो।

हत्यारा र हत्याको कारण पत्ता नलाग्दै लासहरु बुझ्न दवाव परेपछी मानसिक तनावमा रहेका मृतक श्रीदेविका श्रीमान दिपक बोहोरा विहिवार विहानै देखि बेपत्ता भएका थिए। सबै तिर प्रहरी र स्थानियहरुले खोजीगर्दा राती ८ बजे छायानाथ रारा नगरपालिकावडा न ४ भामवाडागाउमा रहेका आफन्तको घरमा बसेको फेलापारेका थिए।

शुक्रबार विहाननगर प्रमुख विष्णु कुमार भाम,आफन्तहरुको सम्झाइ बुझाइपछि दिपक बोहोरा लास बुझ्न र दाहसस्कार गर्न सहमत भएका थिए। आमा श्रीदेवि बोहोरा र ११ बर्षिय छोरा मनोज बोहोराको लास जलाइएको र ८ महिने छोरा रहर बोहोरा र ८ वषियछोरा अप्सरा बोहोराको लास जमिनमा दफन गरिएको नगरप्रमुख भामले बताए।