काठमाडौँ ।
आज प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक दिउँसो ४ बजेका लागि बोलाईएको छ।
आजको बैठकमा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँगको परामर्शमा मंगलबार ४ बजेका लागि बैठकको समय निर्धारण गरेको सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमले जनाएका छन्।
महासचिव गुटेरेस चार दिने भ्रमणका लागि आइतबार नेपाल आएका हुन्। आज अन्नपूर्ण आधार शिविर र लुम्बिनीको भ्रमण गरेर दिउँसो उनी काठमाडौँ फर्कनेछन्। चार दिने नेपाल भ्रमणमा आएका गुटेरेसले पहिलो पटक नेपालको संसदमा सम्बोधन गर्न लागेका हुन्। उनी बुधवार फर्कदैछन्।

प्रतिक्रिया